
ओ हो यो त एकदम नयाँ कुरा आयो । राम्रो कुरा आयो ....
माननीय सान्सद तथा पुर्ब स्वास्थ मन्त्री गगन थापा : 09:15 बजे बिहानी : २९ माघ २०८० सोमबार : 12 February 2024:
आज नेपाली काँग्रसका प्रभावशाली युवा नेता गगन थापा संग भेट गर्न पाईयो । मैले वहाँलाई लुम्बिनी कपिलवस्तु क्षेत्रमा आफुले मेहनत अध्ययन र अनुसन्धान गरेर बनाएको Mother Maya Devi Maternity Route को बारेमा पूर्ण रूपमा जानकारी गराएँ, जसलाई वहाँले ठूलो दिलचस्पीका साथ सुन्नु भयो । यो मायादेवी सुत्केरी मार्गबाट लुम्बिनी कपिलवस्तुलाई तपसिलका उपलब्धि हासिल गर्न आफुले अबधारणा को रेखा कोरेको बताएँ :
१. बुद्धिष्ट पर्यटकहरूको ३ देखि ४ रात सम्मको बसाई रहने ।
२. लुम्बिनी र कपिलवस्तुका स्थानीय बासिन्दाहरु पर्यटन अर्थतन्त्र अवलम्बन गरेर माथि उठ्न सक्ने ।
३. स्थानीय जनताहरुले आफ्नै मातृभूमिमा काम गर्ने मौका पाउने र आयआर्जन गर्ने मौका पाउने ।
४. विश्वमा नै पहिलो पल्ट यो Maya Devi Maternity Route लाई छोरी मान्छेहरूको पहिलो तिर्थस्थलको पहिचानमा स्थापित गर्न आफुले परिकल्पना गरेको । स्मरण रहोस, छोरी मान्छेहरूको आफ्नै तिर्थस्थल; क्रिचियन धर्म, हिन्दु धर्म र इस्लाम धर्म कुनैमा पनि पाईदैन, तर पचासौ करोड बुद्धमार्गी छोरी मान्छेहरू रहेको हालको विश्वमा उनीहरू यो सुत्केरी मार्गमा तिर्थ गर्न आउन उत्सुक हुनजाने, जसबाट लुम्बिनी प्रदेशमा पर्यटन अर्थतन्त्रको अकल्पनिय विकास हुन जाने बिक्रम को अध्येयन ले बतायको ।
५. बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धको शाक्य दरबार तिलौराकोट एकिकृत पर्यटन गन्तव्य स्थलको रूपमा बिकाश गर्ने खोजेको । किनभने बर्तमान अवस्थामा लुम्बिनीमा १४ लाख पर्यटक आउने गरेको भयता पनी कपिलवस्तु दरबारमा भने २ लाख पर्यटक पनि नपुग्ने गरेको पाईएको छ ।
यसरी माननीय पूर्व मन्त्रीज्यूलाई Briefing गर्दा वहाँ अत्यन्तै प्रशन्न हुनुभयो र यो विषयमा अझ लामो छलफल गर्न चाहेको ईच्छा प्रकट गर्नु भयो ।







Leave a Comment